काठमाडौं, १८ कात्तिक । यातायात व्यवस्था विभागले आगामी मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन लिन बन्द गर्ने निर्णय गरेको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द गरिएको जानकारी गराएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विभागबाट कर्मचारी खटिनुपर्ने भएकाले सेवा रोकेको विभागले प्रष्ट्याएको छ । सूचना अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुनेछ । विभागले कहिलेदेखि प्रणाली खुल्छ भन्ने बारेमा भने सूचनामा केही उल्लेख गरेको छैन ।

