काठमाडौँ १७ कात्तिक । नेपाली बजारमा बिहीबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार २ सय रुपैयाँमा आइपुगेको छ।त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा आइपुगेको छ।बिहीबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२१५ रुपैयाँमा कारोबार भइरहेको छ।