काठमाडौं, १६ कात्तिक । नेपाली बजारमा सुनको मूल्य बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको छ ।
आज नेपाली बजारमा सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी तोलामा १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।