काठमाडौं,१५ कात्तिक । नेकपा एमालेले आगामी चुनावका लागि २० हजार शब्दको घोषणापत्र सार्वजनिक गरेको छ । पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका थिए ।
डिजिटल डिस्प्लेमा घोषणापत्रमा समेटिएको मुख्य विषयहरु प्रस्तुत गरिएको छ । एमालेले घोषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कामलाई २० ग्यारेन्टीमा संक्षेपीकरण गरेको छ । त्यसैलाई घोषणापत्रमा व्याख्या गरिएको जानकारी दिइएको छ ।
एमालेको २० ग्यारेन्टीमा के के छन् ?
१) समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने
२)राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने
३) ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने
४) स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने
५) आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने
६) सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने
७। ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने
८) ‘निरोगी नेपाल, सबल नागरिक’ नीति अघि बढाउने
९) सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निशुल्क
१०) वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निशुल्क
११) ‘खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ को मान्यता अघि बढाउने
१२) सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने
१३) ‘व्यवस्थित सहर स् स्वच्छ र हरियाली बस्ती’ को अवधारणा कार्यान्वयन गर्ने
१४)सरल, सहज सार्वजनिक सेवा’ को प्रबन्ध गर्ने
१५) सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने
१६) सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने
१७) ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने
१८) सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने
१९) ‘सभ्य समाज स् मर्यादित नागरिक’ को नीति कार्यान्वयन गर्ने
२०) प्रतिव्यक्ति आय दोब्बर गर्ने