काठमाडौं,१४ कात्तिक । नेकपा माओवादी केन्द्रले सहरका विपन्न, असहाय तथा जेष्ठ नागरिकका लागि सामुदायिक आवास बनाउने वाचा गरेको छ ।
माओवादी केन्द्रले आज सार्वजनिक गरेको घोषणापत्रमा ‘सहरी विपन्न नागरिक, जेष्ठ नागरिक र असाहयका लागि सामुदायिक आवास निर्माण गरी आयस्तरको आधारमा निःशुल्कदेखि सशुल्क आवासको व्यवस्था गरिनेछ ।’
प्रमुख सहरमा यस्ता अवास बनाउने वाचा माओवादी घोषणापत्रमा गरिएको छ । यस बाहेक सहरमा रहेका निम्न–मध्यम र मध्यम वर्गका लागि भनेर सरकार र नीजि क्षेत्रको लगानीमा सुपथ मुल्यमा अवास परियोजना सञ्चालन गर्ने माओवादी घोषणापत्रमा उल्लेख गरिएको छ ।