धनगढी, १० कात्तिक/कैलाली क्षेत्र नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवार जगदिश चौधरीलाई समर्थन गरेको छ ।उन्मुक्तिका थारू नेता लक्ष्मण चौधरीको उम्मेदवारी खारेज भएपछि सो पार्टीले जगदिशलाई समर्थन गर्दै प्रचार प्रसार अघि बढाएको हो ।जगदिश चौधरीको निर्वाचन चिन्ह नल्का रहेको बताईएको छ ।
नेता थारूले फेसबुकमा स्ट्याटस राख्दै प्रतिनिधि सभाको निर्वाचनमा जगदिशलाई मतदान गर्न आग्रह गरेका छन् ।यो संगै यश निर्वाचन क्षेत्रमा उम्मेदवार रहेका वाम गठबन्धनबाट नेपाली काँग्रेसका नेता डिल्लीराज पन्त, नेकपा एमालेका नारदमुनि राना, स्वतन्त्र उम्मेद्वार पुस्करनाथ ओझा चुनावी प्रतिष्पर्धामा छन् ।