काठमाडौं, ७ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र रुखलाई बेठिक भन्ने भए शान्ति सम्झौतालाई पनि बेठिक भन्नुपर्ने बताएका छन् ।
सोमबार वाग्मती प्रदेशस्तरीय प्रशिक्षण भेलामा उनले कांग्रेस र माओवादी आमानेसामने भएर लडेकाले भोट यता उता गर्न नसकिने भनेर सोच्नु गलत हुने बताए ।
उनले कांग्रेस र रुखलाई बेठिक भन्ने भए शान्ति सम्झौतालाई बेठिक भन्न सक्नुपर्ने बताए । उनले दायाँ गिरिजाप्रसाद कोइराला र बायाँमा आफूले हस्ताक्षर गरेको बताए ।
प्रचण्डले कांग्रेसका नेताले दायाँमा हस्ताक्षर गर्ने महानायक बनाएको भन्दै बायाँतिर हस्ताक्षर गर्ने प्रचण्ड किन नायक नहुने भन्दै प्रश्नसमेत गरे । शान्ति सम्झौतामा हस्ताक्षर गर्दा नै आफूले रुखमा छाप लगाएको दाबी गरे ।
आफूले शान्ति सम्झौतामा हस्ताक्षर गर्दा नै रुखमा हस्ताक्षर गरेको समेत दाबी गरे । उनले रुख र हँसिया हतौडामा छाप लगाउन कठिन किन भन्दै प्रश्न पनि गरे ।
“जुन दिन शान्ति सम्झौतामा हस्ताक्षर गरे त्यही दिन रुखमा छापमा लगाएको हो । गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीको हैसियतामा सात राजनीतिक दलका तर्फबाट हस्ताक्षर गर्नुभयो । गिरिजाप्रसादले हँसिया हतौडामा छाप लगाएको हो,” उनले जिकिर गरे ।