धनगढी ५ कार्तिक/कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश सभा १ का उम्मेदवार रमेश धामीले योजनामा आउने बजेटमा कमिसन लिने प्रवृतिको अन्त्य गर्ने बताएका छन ।
‘अहिले संसद विकास कोष र संसदमार्फत आउने विभिन्न बजेटमार्फतका योजनामा केही व्यक्तिहरुले कमिसन खाने काम गरेका छन् । यस्ता कार्यले जनतामा निराशा छाएको छ’ उनले भने –‘संसद विकास कोष र हामीमार्फत आउने बजेटमार्फतका योजनामा कमिसन खाने कामको अन्त्य गर्ने छु ।’
धनगढी वडा नम्बर १२को सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले गठबन्धन दल विजयी भएमामात्र धनगढी उपमहानगरपालिकाको विकास सम्भव रहेको बताए । ‘मेरो निर्वाचन क्षेत्र विकासका हिसावले निकै पछाडि परेको छ । यहाँ विकट भएका वडाहरु छन’ उनले भने ‘म निर्वाचित भएमा यस क्षेत्रको विकासका लागि तपाईहरुसंगै छलफल गरेर, सुझाव लिएर अघि बढ्ने छु ।’
उनले मतदातासंग आग्रह गर्दै भने –‘हिजो निर्वाचित भएका व्यक्तिहरुले कतिको काम गरे भन्ने मूल्यांकन गर्ने र समिक्षा गरि मतदान गर्नु होला ।’
