काठमाडौैं, ४ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कुराकानीका नाम र नम्बर टिपाएकालाई फोन गरेका छन् ।आज पार्टी केन्द्रीय कार्यालय च्यासलबाट उनले गोला तानेर फोन गरेका हुन् । ओलीले करिब चार घण्टा नागरिकहरूसँग कुरा गरेका छन् ।
कुराकानीका लागि ओलीको सचिवालयले इच्छुकहरुको नाम र नम्बर टिपेको थियो ।ओलीसँग कुराकानीका लागि दुई लाख नौ हजार १७६ जनाले नाम टिपाएका ओलीको सचिवालयले जनाएको छ ।
