• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

६५ बर्षिय व्यवसायिक जीवनमा फेल नभएको म राजनीतिमा पनि फेल हुन चाहान्न :विनोद चौधरी

बर्दघाट, ३१ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ का मतदाताका घरमा चुनावी प्रचारमा छन् । निर्वाचनलाई लक्षित हुँदै प्रत्येक घरको समस्या बुझ्न मतदाताका घरमा गएका हुन् ।

दक्षिण एसियाकै एक मात्र डलर अर्बपति चौधरीले आफ्नो जीवनको ६५ बर्षमा कहिल्यै फेल नभएको बताएका छन् । ञ६५ बर्षको उमेरमा कहिल्यै फेर्ल नभएको म यहाँ बिकास गर्छु भनेर आए, बिकास गर्न सकिन भने फेल हुन्छु। यत्रो बर्षमा फेल नभएको मान्छे यहाँ फेल हुन आएको होइन।झ उनले भने।

नेपालका ठाउँ(ठाउँमा उनका सफल व्यवसाय छन् । हजारौँलाई रोजगारी दिएको चौधरी ग्रुपका प्रमुख अनि धेरैका लागि प्रेरणाका स्रोत पनि हुन् उनी ।जुनैसुकै क्षेत्रमा राजनीति भएपनि सही राजनीति कसैले गर्न नसकेको उनको दाबी छ । राजनीतिमा त म पहिलेदेखि नै छु । संसद्‌मा थिएँ । वडामा गएर चुनाव लडेँ, निर्विरोध भएँ ।  उनले भने ।

अहिलेकै राजनीतिक शैली र प्रवृत्तिबाट परिवर्तन सम्भव नदेखेरै आफू प्रत्यक्ष राजनीतिमा आएको उनको भनाई छ । ञविकास र समृद्धिका लागि राजनीति र शासन व्यवस्थाको केन्द्रमा आर्थिक प्रणालीलाई सन्तुलन राख्नुपर्ने भएकाले म राजनीति आएको हु ।

कुशल व्यवस्थापकका रूपमा आफ्नो उद्योग, व्यवसायलाई सफल पारेजसरी नै राजनीतिमार्फत देशलाई सफल बनाउने चौधरी बताउँछन् । ‘यति धेरै राजनीति हुने देशको आर्थिक, सामाजिक चित्र हेर्नुस् त, कति भयानक छ रु’, उनले प्रश्न गरे, ुतर आफ्नो त्रुटि स्वीकार्न कुनै पार्टी वा नेता तयारै छैनन् । आर्थिक एजेण्डालाई प्राथमिकतामा राख्न कुनै पार्टी गम्भीर छैनन् ।

उनले भने, म संसद्‌मा बसेँ । व्यवसायसँगै निजीक्षेत्रका संघरसंगठनहरुको नेतृत्व पनि गरेँ । ती संस्था शक्तिशाली पनि भए । तर, मैले स्वीकार्नुपर्छ, जनताका लागि ठूलो लाभ हुनेगरी परिवर्तन गर्न सकिनँ । र, परिवर्तन गर्ने भनेको राजनीतिबाटै हो भन्ने कुरा मैले महसुस गरेँ । सबैभन्दा ठूलो नीति भनेकै राजनीति हो । अर्कै क्षेत्रमार्फत मैले एउटा टोलमा परिवर्तन ल्याउन सकौँला, एउटा ग्राम बनाउन सकौँला, धाम बनाउन सकौँला, चौधरी ग्रुप बनाउन सकौँला । तर, राष्ट्रव्यापी परिवर्तन ल्याउन नसकिने रहेछ । म यहाँ बसेर देश बनाउन सक्दिनँ । देश बनाउन मैले तय गरेका भिजन लागू गर्न आफ्नो हस्ताक्षर चल्ने ठाउँमा पुग्नैपर्छ । काठमाडौंको बुढानिलकण्ठ किन २ वटा बन्न सकेन त रु ताकि मेरो एउटा दस्तखतले ५० वटा बूढानीलकण्ठ स्कुल बनाउन सकियोस् । ५० वटा ग्राम बनाउन सकियोस् । ५० वटा विशेष आर्थिक क्षेत्र बनाउन सकियोस् । यस्ता थुप्रै योजना लागू गर्न सकिन्छ ।

उनले थपे, बिजनेस म्यान भनेका पैसाको थैली मात्र हुन् भन्ने सोच राजनीतिक दलहरूले त्याग्नुपर्‍यो । भिजन र प्रभावकारी योजना भएकैले कुनै व्यवसायी सफल बनेको हुन्छ । ऊ सित देश बनाउने आइडिया पनि हुन्छ ।

एक राजनीतिज्ञमा व्यवस्थापनसम्बन्धी ज्ञान पनि हुनुपर्ने उनको तर्क छ । एउटा विनोद चौधरी मात्रै होइन, आ–आफ्नो क्षेत्रमा सफल भएका, कुशल व्यवस्थापक, देशका लागि कार्यान्वयनयोग्य, जनमुखी भिजन भएकाहरू राजनीतिमा आउनैपर्छ । मेरो सक्रियता एउटा सन्देश पनि होु, उनले भने ।

राजनीतितिर धारे हात लाउँदै देश बनेन भनेर आफूचाहिँ यसबाट नपन्छिन उनी क्षमता भएकाहरूलाई आग्रह गर्छन् । अनि राजनीतिमा युवाहरूको दबावमूलक सहभागितामा जोड दिन्छन् । दलहरूले पनि नवीन र प्रभावकारी योजना भएका व्यक्तिहरूलाई ठाउँ दिनुपर्ने उनको भनाइ छ ।
ुपहिलोचोटि संविधान लेख्ने जिम्मेवारी थियो । त्यो बेला संविधानसभामा आएको ठूलो दल फरक सोच र सिद्धान्तको थियो । अलग किसिमको सोचलाई उनीहरूले अगाडि बढाइरहेका थिए । यस क्रममा देशलाई हानि हुने अव्यवहारिक र अवैज्ञानिक कुराहरू संविधानमा नपरून् भनेर मजस्ता व्यवसायी संविधानसभामा गएका थियौँ, उनले भने ।

कुनै पार्टीको सदस्यका रूपमा भन्दा पनि आर्थिक क्षेत्रको प्रतिनिधित्व गरेर आफूसहितका केही व्यवसायीहरू सरसल्लाह गरेरै विभिन्न दलको कोटाबाट संविधानसभामा गएको उनले बताए । त्यहाँ आफूहरू खरो रूपमा उत्रेको उनको दलिल छ ।

त्यसपछि आफूलाई पार्टीका नेतासँग राम्रो सम्बन्ध भएर वा हाउसमा बोलेर मात्रै परिवर्तन सम्भव नहुने रहेछ भन्ने महसुस भएको चौधरी बताउँछन् । त्यसका लागि त खेलाडी नै हुनुपर्ने रहेछ । त्यसैले स्पष्ट भिजन र नयाँ जोसका साथ पूर्णकालीन राजनीतिमा आएको हुँ । जनताले मलाई पत्याउनेछन्, उनले विश्वाससमेत प्रकट गरे ।

मुलुकको आर्थिक समृद्धि नै आफ्नो राजनीतिक सपना भएको चौधरीले बताए । ‘आफ्ना लागि मेरो सपना केही छैन । नेपालबाट पढाइका लागि वार्षिक १ खर्ब रुपैयाँ विभिन्न देशका क्याम्पस र विश्वविद्यालयमा जाँदैछ । नेपालमा त्यस्तै अब्बल क्याम्पस र विश्वविद्यालय स्थापना गरेर यहाँबाट बाहिरिने खर्बौं रुपैयाँ रोक्दै विदेशी पैसाचाहिँ भित्र्याउने मेरो सोच छ । यति मात्रै होइन, हरेक क्षेत्रमा यस्ता योजना लागू गर्न सकिन्छ,’ उनले भने ।

राजनितिक यात्रा

२०६४ सालमा चौधरी एमालेको समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका थिए । २०७० सालमा नवलपुर एमालेले प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लड्न उनको नाम सिफारिस गर्‍यो । तर, उनी चुनाव लड्न गएनन् । २०७४ सालमा कांग्रेस प्रवेश गरी उनी समानुपातिक सांसद बनेका थिए । २०७८ सालमा कांग्रेसको १४औँ महाधिवेशनमा मधेसी कोटाबाट कांग्रेस केन्द्रीय सदस्य चुनिएका उनी आउँदो ४ मंसिरमा नवलपरासी(१ मा प्रतिनिधिसभा सदस्यका लागि ‘ब्यालेट भिडन्त’ गर्दैछन् ।
यो क्षेत्रमा कांग्रेसले पछिल्ला दुई निर्वाचन लगातार हारेको छ । र, कांग्रेसका लागि चुनौती हुन्, जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठी । २०७० सालमा बाहेक यो क्षेत्रमा त्रिपाठीले अरु कसैलाई जित्न दिएका छैनन् । संसद् छिर्ने प्रयासमा सफल हुन चौधरीले पाँचपल्टका विजेता त्रिपाठीलाई हराउनुपर्नेछ ।

सोमबार, असोज ३१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.