धनगढी, ३१ असोज/कैलाली जिल्लास्थित सत्तारुढ दलहरुको वैठक वसिरहेको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई रणनितिक रुपमा सफल बनाउन लागि छलफल गर्न लागेको नेपाली काँग्रेसका जिल्ला सचिव केसव राज मिश्रले बताए ।
बैठकमा जिल्लामा चुनावी अभियन संचालन गर्ने बिषयमा छलफल भैरहेको छ ।
छलफल कार्यक्रममा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाका केन्द्रीय तथा जिल्ला नेताहरुको उपस्थिति रहेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिका संगठन बिभाग सदस्य अमृत बिसीले जानकारी दिए ।