धनगढी, २९ असोज/नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ‘ख’ प्रदेश सभा उम्मेदबार प्रकाश देउवाले जनताका नागरिकको भावना अनुरुप मुद्धा उठाउने बताएका छन् । शनिबार नेपाली काँग्रेस कैलालीको आमन्त्रित जिल्ला सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्ने क्रममा सो कुरा बताएका हुन् ।
‘मैले यहाँका हरेका समस्या बुझेको छु ’ उम्मेदबार देउवाले भने– ‘प्रदेश बिकासका लागि आफ्नो नीजि जिवन भन्दा बढी समय दिन्छु ।’ आफु निर्वाचनमा उम्मेदवार भएपछि भाई भतिजो सरहको माया पाउने विश्वास व्यक्त गरेका छन् । देउवाले आफु कुनैपनि स्वार्थपूर्ति गर्न राजनीतिमा नआएको बताउँदै युवाको नेतृत्व गर्दै विकास समृद्धीमा सक्रिय हुने बताए ।त्यसैगरी नेपाली कांग्रेस कैलालीले पूर्व प्राध्यापक तथा वुद्धीजिविहरुलाई आमन्त्रीत जिल्ला सदस्य तथा जेष्ठ राजनीतिज्ञमा मनोनयन गरेको छ ।
नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित), नियमावली २०७६ अनुसार जिल्ला सभापति नारायण दत्त भट्टले मनोनयन गरेका हुन् । कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्द, पञ्चोदय माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक पदम सिंह कुँवर, पूर्व प्राध्यापक जगन्नाथ जोशी जिल्ला आमन्त्रीत सदस्यमा मनोनीत भएका हुन् । त्यस्तै जेष्ठ राजनीतिज्ञ समितिको संयोजकमा पञ्चोदय माध्यामिक विद्यालयका पूर्व प्रअ यादव प्रसाद जोशी र सदस्यहरुमा दिर्घ बहादुर ठकुरी र धनिराम राना मनोनीत भएका हुन ।
मनोनीत भएकाहरुलाई एक कार्यक्रमको आयोजना गरी जिल्ला सभापति नारयणदत्त भट्ट, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृप बहादुर वड र कैलाली प्रतिनिधि सभा ५ (ख) का उम्मेद्वार प्रकाश देउवाले सयुक्त रुपमा मनोनय पत्र हस्तान्तरण गरेका हुन् । मनोनीत पत्र हस्तान्तरण गर्दै सभापति भट्टले पार्टीले पूर्व प्राध्यापक तथा वुद्धीजिवीहरुको पार्टीलाई सधैं खाँचो रहेको बताए । मनोनीत पत्र हस्तान्तरण कार्यक्रममा जिल्ला सचिव केशव राज मिश्र, प्रचार–प्रसार विभाग संयोजक तपेन्द्र भुषालको समेत सहभागीता रहेको थियो ।