धनगढी, २७ असोज/नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ प्रदेश क्षेत्र ‘ख’बाट स्वतन्त्र उम्मेदबार सहित प्रस्ताबक र समर्थकलाई समेत कार्वाही गरेको छ ।
स्वतन्त्र उम्मेदवार भरतबहादुर शाही सहित उनका प्रस्तावक कमल सन्ज्याल र समर्थक रहेका प्रेम कुमार विकलाई ५ वर्ष सम्मका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारर्बाही गरेको कैलाली २ प्रदेश क्षेत्र ‘ख’का सभापती तेजप्रताप मल्लले जानकारी दिए । पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनका उम्मेदवार विरुद्ध ‘बागी’ उम्मेदवारी दिएकाहरुलाई कारवाही गरिएको नेपाली कांग्रेस कैलालीले जनाएको छ ।
आगामि मंसिर ४ गते हुने आम निवाचनमा पार्टीकोको आधिकारीक निर्णय तथा गठबन्धन विरुद्ध ‘बागी’ उम्मेदवारी दिएका कैलाली क्षेत्र नम्बर २ का प्रदेश क्षेत्र ‘ख’ मा प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका भरत कुमार शाहीले पार्टीले उम्मेबारी फिर्ता लिन अनुरोध गर्दा पनि नलिएपछि कारवाहीमा परेका नेपाली कांग्रेस कैलालीले जनाएको छ ।
कांग्रेस प्रदेश क्षेत्र ‘ख’ कैलालीका सभापती तेज प्रताप मल्लले विज्ञप्ती जारी गदै पार्टीको विधान २०२६ संसोधन सहितको धारा ३४ उपधारा १ (घ) उलंघन गरीएकोले निजलाई धारा ३४ को उपधारा ४ (क) बमोजिम कारर्वाही गरिएको उल्लेख गरिएको छ ।