काठमाडौं, २६ असोज । प्रतिनिधिसभामा निर्वाचनमा नेकपा एमालेबाट टिकट नपाएका नेता भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले आफू एकल सिफारिसमा परे पनि टिकट नपाएको सन्दर्भमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।
“आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा मेरो नाम अछाम जिल्ला, प्रतिनिधि सभा, निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका नेकपा (एमाले) का वडा, पालिका र निर्वाचन क्षेत्र समन्वय कमिटी तथा अछाम जिल्ला कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीबाट सर्वसम्मतीले एकमात्र उम्मेदवारको रुपमा सिफारिश भएको तर केन्द्रबाट हटाई सिफारिश नै नभएको व्यक्तिलाई उमेदवार बनाइएको सम्बन्धमा उठेका विभिन्न जिज्ञासा, सरोकार र टिकाटिप्पणिका सन्दर्भमा निम्नलिखित मिति, स्थान र समयमा हुने पत्रकार सम्मेलनमा उपस्थितिको लागि हार्दिक अनुरोध छ ,” उनले भनेका छन् ।अछाम क्षेत्र नम्बर १ मा एमालेले झपट बोहोरालाई उमेदवार बनाएको छ ।