धनगढी, २५ असोज/फरार सुचीमा रहेको भन्दै कैलाली क्षेत्र नम्बर ५का प्रतिनिधी सभा उमेदबार लक्ष्मण थारुको उमेदबारी रद्ध भएको छ । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले थारुको उम्मेदवारी रद्द भएको जानकारी दिएको छ । थारु २०७२मा टीकापुर घटनामा रेशम चौधरी सहितको हत्याकण्डमा उभियुक्त रहेका थिए ।
९ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई उच्च अदालत दिपायलले २ पुस २०७७ मा जन्म कैदको फैसला सुनाएको थियो । त्यसअघि जिल्ला अदालत कैलालीले थारुलाई तीन वर्ष कैद सजाय तोकेको थियो । उनी पुरपक्षमै तीन वर्ष भन्दा बढि बसेर छुटेका थिए । जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेका थारुलाई उच्च अदालतले भने जन्म कैदको फैसला सुनाएको थियो । उक्त फैसलापछि उनी फरारको सूचीमा छन् ।
२३ असोजमा वारेसमार्फत उनले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली–५ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । लक्ष्मणको उम्मेदवारी विरुद्ध सोमबार उजुरी परेको थियो । उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठह¥याई सजाय गरी फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का रामबहादुर सिंहले उनीविरुद्ध उजुरी दिएका थिए । सोही उजुरीको आधारमा उनको मनोनयन दर्ता खारेज भएको हो ।
थारुलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत कैलालीबाट सजाय भएको र उच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजाय तोकेकाले उनको उम्मेदवारी बदर हुने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले बताए ।
फैसलाको पुर्ण पाठ यस्तो छ ।



