धनगढी, २५ असोज/नेपाली काँग्रेस कैलालीले आफ्ना पार्टीबाट वागी तथा स्वतन्त्र रुपमा निर्वाचन लडेका उम्मेदवारहरुलाई फिर्ता लिन आग्रह गरेको छ ।
नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले मंगलबार एक बिज्ञप्ती प्रकाशित गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनको सहमति भएका व्यक्ती बाहेक अन्यले उमेदबारी फिर्ता गरी सहयोग गरिदिन आग्रह गरेको छ । उमेदबारी फिर्ता गरी नेपाली काँग्रेस एवं गठबन्धन दलका उमेदवारहरुलाई सहयोग गर्न समेत आग्रह गरेको छ ।
