धनगढी, २३ असोज/ गठबन्धनका उम्मेदवारहरुले कैलाली -४ मा मनोनयन दर्ता गरेका छन् । प्रतिनिधि सभाका उम्मेदवार काँग्रेस का वीर बहादुर बलाएरले निर्बाचन कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन ।
यस्तै गठबन्धनको तर्फबाट प्रदेश क मा एकीकृत समाजबादीका उम्मेदवार दिर्घ सोडारी र प्रदेश ख का उम्मेदवार काँग्रेसका प्रकाश बमले पनि मनोनयन दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्न बलाएर आज नै यहाँ आएका हुन ।
डोटी काँग्रेसका पुराना नेताका रूपमा परिचित बलाएरको कैलाली -४ चुनावी लंडाई पहिलो हुने छ । डोटी गठबन्धनको तर्फबाट समाजबादीको भागमा परेपछि बलाएरलाई काँग्रेसले कैलाली ४ मा टिकट दिएको हो ।
