काठमाडौं,२३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
उनी आफैं उपस्थित भएर आइतबार दिउँसो झापा क्षेत्र नं.४ का लागि मनोनय दर्ता गराएका हुन् ।यो क्षेत्रमा नेपाली कांग्रेसले खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा पनि कांग्रेसबाट अधिकारी नै उम्मेदवार थिए ।