काठमाडौँ,२३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं २ बाट उम्मेदवार बन्ने भएका छन्। उनी चितवन–२ बाट उम्मेदवारी दर्ता गराउन लागेको उनका स्वकिय सचिव राजन अर्यालले जानकारी दिए।
अर्यालका अनुसार लामिछाने मनोनय दर्ताका लागि चितवन पुगिसकेका छन्। यसअघि लामिछानेको चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने चर्चा चलेको थियो।‘उहाँ चितवन–२ बाट उठ्ने हुनुभएको छ,’ स्वकिय सचिव अर्यालले भने, ‘उहाँ मनोनयन दर्ताका लागि चितवन पुगिसक्नुभएको छ।’