• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

झरी परेको भन्दै निर्वाचन तालिका फेर्न दबाब

काठमाडौं,२१ असोज । केही राजनीतिक दलले प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका फेरबदल गर्न निर्वाचन आयोगमा ‘दबाब’ दिन थालेका छन् ।केही दिनदेखि परेको झरीका कारण कार्यक्षेत्रमा जान ढिलाई भएको भन्दै उनीहरुले कार्यतालिका परिमार्जन गर्न आग्रह गरेका हुन् ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ मनोनयन दर्ताका लागि २३ असोज (आगामी आइतबार) का लागि मिति तोकेको छ । त्यो दिन कार्यालय समयमा इच्छुकहरुले मनोनयनपत्र दर्ता गर्न पाउँछन् ।

तर सत्ता गठबन्धनले सिट बाँडफाँट टुंग्याएको छैन भने एमाले पनि जनता समाजवादी, राप्रपा लगायतका दलसँग तालेमलको प्रयासमा छ । केही दलका नेताहरुले निर्वाचन तालिका फेरबदल गर्न आयोगका पदाधिकारीलाई आग्रह गर्न थालेका हुन् । कतिपय नेताहरुले आयोगका पदाधिकारी र मुख्य कर्मचारीलाई फोन गरेर ४/५ दिन मनोनयनको मिती सार्न आग्रह गरेको स्रोतले बतायो ।

झरीले सडक अवरुद्ध भएको र खराब मौसमका कारण हवाई सेवा पजि प्रभावित भएर केही पहाडी तथा हिमाली जिल्लामा जान कठिनाई भएको उनीहरको तर्क छ । ‘उहाँहरुले राजनीतिक विषय उच्चारण गर्नुभएको छैन । पानी परिरहेको छ, बाटोमा समस्या छ । जान सकिँदैन कि भनेर केही दिन विचार गर्नुपर्‍यो भनेर कूटनीतिक भाषामा कार्यतालिका फेरबदल गर्न अनुरोध गर्नुभएको छ’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘काबूबाहिरको परिस्थितिमा बाहेक निर्वाचन कार्यतालिका फेरबदल हुने कुनै सम्भावना छैन, त्यही अनुसार तयारी गर्नुहोला भनेर सबैलाई मौखिक जवाफ दिने गरिएको छ ।’

निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलले निर्वाचन कार्यतालिका फेरबदल सम्भव नहुने बताउँछन् । उनले भने, ‘चाडपर्व, मौसम र सबै विषयलाई ध्यान दिएर आयोगले तालिका बनाएको हो । अब त्यसलाई संशोधन गर्ने विषय सम्भवै हुदैन ।’

एक निर्वाचन आयुक्तका अनुसार, अहिले देशव्यापी रुपमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने काम भइरहेको छ । घर पायक नपर्ने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु घरमा दशैं समेत नमानेर कार्यालय स्थापनामा जुटिसकेका छन् ।

दशैं विदामा बसेकाहरु समेत बिहीबार र शुक्रबारभरीमा कार्यक्षेत्र पुग्नेछन् । ‘निर्वाचन गराउने कर्मचारी कार्यस्थलमा पुग्ने, राजनीतिक दलका नेता कार्यकर्ताहरु पुग्न नसक्ने भन्ने हुन्छ र रु’ ती आयुक्तले भने, ‘कठिन परिस्थितिले मनोनयनका क्रममा आफू उपस्थित हुन नसके प्रतिनिधिमार्फत समेत मनोनयनपत्र दर्ता गर्न सकिन्छ ।’आइतबार कार्यालय समयमा मनोनयन दर्ताको कार्यक्रम राखेको निर्वाचन आयोगले त्यही दिन बेलुकी प्रारम्भिक नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

 

शुक्रबार, असोज २१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.