काठमाडौं, २१ असोज । एमाले नेतृ गंगा थारूले स्वतन्त्र उमेदवारी दिने घोषणा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालबाट उनले आफू स्वतन्त्र उमेदवार बने जनताको बिचमा आउन लागेको बताएका छन् ।
आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैँ लागि रहने छु जनता भगवान हुन जनता नै सर्वपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदै छु हजुरहरूको साथ चाहिएको छ, उनले फेसबुकमा लेखेकी छन् ।उनी यसअघि दाङबाट समानुपातिक सांसद थिइन् ।