धनगढी, १४ असोज/गठबन्धनका तर्फबाट प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ४ कांग्रेसका भागमा परेको छ । कांग्रेसी कार्यकर्तामाझ विभिन्न नेताहरुको नाम आए पनि सबैभन्दा बलिया र निर्वाचन जित्नसक्ने उम्मेदवारका रुपमा कैलाली क्षेत्र नम्बर ४ मा सुनिलकुमार भण्डारीकै नाम आउन थालेको छ ।
गठबन्धनबाट कांग्रेससँग सो निर्वाचन क्षेत्रमा नेकपा एमाले भिड्ने भएको छ । एमालेका तर्फबाट लेखराज भट्टको एकल नाम सिफारिस भएको छ भने कांग्रेसकातर्फबाट पनि भण्डारीको नाम सिफारिस भएको थियो । यद्यपि विभिन्न नाम आए पनि भण्डारी नै सम्भावित बलिया उम्मेदवार भएको कार्यकर्ताहरु बताउँछन् ।
प्रतिनिधि सभा निर्वाचन २०७४ मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भण्डारीलाई तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट लेखराज भट्टले पराजित गरेका थिए । भट्टको ३१ हजार ३ सय ५ मत आउँदा भण्डारीले २० हजार ९ सय ६० मत प्राप्त गरेका थिए ।
यस्ता छन् भण्डारीका जित्ने आधार
कैलाली क्षेत्र नम्बर ४ भनेको डोटीको बोगटान क्षेत्र (मान्नाकापडी, बर्छैन, घाङल, लानाकेदारेश्वर, चमाराचौतारा), गडसेरा, निरौली, जोरायल क्षेत्रका बासिन्दाको बाहुल्यता रहेको क्षेत्र हो ।
यसका साथै आदिवासी जनजाति थारू समुदायको पनि उत्तिकै बाहुल्यता छ । भण्डारीको पुख्र्यौली स्थान निरौली हो भने उनी बाल्यकालदेखि नै कैलालीमै बस्दै आएका छन् । ‘यहीको माटोमा भिजेको मात्रै नभई मेरा इष्टमित्र, आफन्त तथा राजनीति सुरुवातदेखिका साथीभाई पनि त्यही ठाउँमा छन्,’ भण्डारीले भने,‘सबैको सहयोग र सद्भाव मलाई झनै छ ।’ एमालेबाट उम्मेदवार बन्ने लेखराज भट्टको पनि पुख्र्यौली थलो गडसेरा हो ।
जबकी भण्डारी र भट्टका इष्टमित्र, आफन्त एउटै छन् । त्यसकारण पनि एमालेका भट्टसँग भिड्न सक्ने र मत तान्न सक्ने भनेकै भण्डारी रहेको कांग्रेसी कार्यकर्ताहरु बताउँछन् । ‘अघिल्लो पटक लेखराज भट्टलाई भोट दिएँ, तर उनी जितेपछि एकपटक पनि आएनन्,’ गोदावरीका रतन साउँदले भने,‘अब भने कांग्रेसका उम्मेदवार सुनिल भण्डारीलाई हाल्ने सोच बनाएको छु ।’
उनी मात्रै हैनन् आम मतदाताको आँकलन भनेकै भट्टसँग जुध्न र जित्न सक्ने एउटै उम्मेदवार भनेकै भण्डारी हुन् ।कांग्रेसबाट २०७४को प्रतिनिधी सभाका उम्मेदबार बनेका भण्डारी नेकपा गठबन्धनका उम्मेदबार लेखराज भट्टसित पराजित भएका थिए । पराजित भएपनि कैलाली क्षेत्र नम्बर ४मा निरन्तर जनताका माझमा भिजेका भण्डारी यसपालि जित सहज भएको गौरीगंगा–१०, का दिनेश दहित बताउँछन् । ‘अब सुनिल दाइको अन्तिम उम्मेदवारी हो, एक बार टिकट दिनु पर्छ हजुर, मेरो एकल विचार हो’ दहितले सामाजिक सञ्जाल फेसबुकमा सुनिल भण्डारी संगैको फोटो पोष्ट गर्दै प्रतिकृया दिएका छन्,‘बाम गठबन्धन हुँदा उहानै हो क्षेत्र नं. ४ मा कांग्रेस बचाउने उम्मेदवार थिए, अब पनि उहाँ नै चुनाव जित्नुहुन्छ ।’
केही दिन अघि नेता भण्डारीले पनि आफ्नो निर्वाचन क्षेत्र भनेकै क्षेत्र नम्बर ४ रहेको बताएका थिए । पत्रकार सम्मेलनमार्फत् नेता भण्डारीले भनेका थिए,‘मेरो निर्वाचन क्षेत्र भनेकै ४ हो, म त्यहीबाट चुनाव लड्छु र जित्छु पनि ।’ यसअघिको निर्वाचनमा त्यहीबाट पराजित भए पनि पाँच वर्ष निरन्तर आफू त्यही क्षेत्रका मतदातासामु पुगेको उनले सुनाए ।
‘म निरन्तर मतदातासामु पुगेको छु,’ उनले भने,‘उनीहरुको सुख दुःख बुझेको छु, उहाँहरुको सद्भाव म प्रति छ र त चुनाव पनि जित्छु ।’ चुरे, मोहन्याल, गौरीगंगा र गोदावरीमा प्रायः बसोबास गर्ने भनेकै डोटीको मान्नाकापडी, बर्छैन, घाङल, लानाकेदारेश्वर, चनुकाडा, निरौली, गडसेरा, जोरायल क्षेत्रका बासिन्दा हुन भने त्यसका अलावा अछाम,बाजुराका साथै थारु समुदायको बाहुल्यता रहेको छ ।