धनगढी, १४ असोज/कैलाली क्षेत्र नम्बर ४का काँग्रेसका तर्फबाट प्रतिनिधी सभाका सम्भावित उम्मेदबार सुनिल भण्डारी गाँउ गाँउमा मतदाताका घर दैलो अभियान सुरु गरेका छन् । २०७४ सालमा समेत काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ४का प्रतिनिधी सभाका उम्मेदबार भैसकेका भण्डारी घरदैलोमा जुटेका छन् ।
काँग्रेसबाट २०७४को प्रतिनिधी सभाका उम्मेदबार बनेका भण्डारी नेकपा गठबन्धनका उम्मेदबार लेखराज भट्टसित पराजित भएका थिए । पराजित भएपनि कैलाली क्षेत्र नम्बर ४मा निरन्तर जनताका माझमा भिजेका भण्डारी यसपालि जित सहज भएको गौरीगंगा १०का दिनेश दहितले जानकारी दिए ।
‘अब सुनिल दाईको अन्तिम उम्मेदवारी हो हजुर एक बार टिकट दिनु पर्छ हजुर मेरो एकल बिचार हो’ दहितले फेसबुकमा सुनिल भण्डारी संगैको फोटो पोष्ट गर्दै प्रतिकृया दिएका छन्–‘बाम गठबन्धन हुदा उहानै हो क्षेत्र न. ४ मा काङ्ग्रेस बचाउने ।’ अहिले काँग्रेस नेता भण्डारी गाँउ गाँउमा गएर जनताको राय लिदै घुमिरहेका छन् ।