काठमाडौं, १० असोज । मनास्लु हिमालमा हिमपहिरो जाँदा एकजनाको मृत्यु भएको छ । अन्य १० जना बढी घाइते भएको बताइएको छ ।गोरखाको चुमनुब्री गाउँपालिका–१ मनास्लु हिमालमा पहिरो खस्दा उनीहरू घाइते भएका हुन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शारदाप्रसाद चौधरीले एक जनाको मृत्यु भएको बताए । घाइतेको यकिन विवरण प्राप्त भइनसकेको उनले बताए ।
गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले घटनास्थलतर्फ कैलाश हेलिकप्टर गएको तर खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको बताए ।कैलाश हेलिकोप्टरका श्रीहरि कुइँकेलले दिउँसो १ बजे नै हेलिकप्टर सामागाउँमा पुगेको तर खराब मौसमका कारण उद्धारको काम हुन नसकेको जानकारी दिए ।