काठमाडौं,१७ भदौं ।राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । गत २६ जेठमा सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गर्न लागेको हो ।
बोर्ड स्रोतका अनुसार आज साँझ कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारीका साथ ४ः ३० बजेका लागि बोर्ड बैठक बोलाइएको जनाएको छ । स्रोतले भन्यो ४ः ३० बजेका लागि बोर्ड बैठक बोलाइएका छौं त्यसपछि नतिजा सार्वजनिक गर्ने छौं ।
यसपालि कक्षा १२ को परीक्षाको नतिजा अघिल्लो वर्षको भन्दा फरक तरीकाले नतिजा सार्वजनिक गर्नुपर्ने भएकोले बोर्डले भदौं १५ भित्र नतिजा सार्वजनिक गर्ने भनेपनि दुईदिन ढिलो गरी नतिजा सार्वजनिक गर्न लागेको हो । कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख १० हजारको हारहारीमा विद्यार्थी सहभागि भएका थिए ।