• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मेयर हमालको निर्णयले वडा नम्बर १० मा तनाव

धनगढी, १६ भदौ । गत असार ३० गते धनगढी उप महानगरपालिकाले सबै वडा कार्यालयहरु, महासाखा, साखा, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र लगायत उप महानगर माथहतका कार्यालयहरुलाई एउटा पत्र काट्यो ।

त्यसमा थियो २०७९ असार २७ गतेको नगरसभा बैठकको निर्णय अनुसार मिति २०७९ ४ महिना १ गतेदेखी लागु हुने गरी करार सेवामा बिज्ञापन भई छनौट भएर काम गरिरहेका कर्मचारीहरुलाई सरकारले तोकेको कार्य सम्पादन मुल्याकंन फारम भरी, मुल्याकंनको आधारमा निरन्तरता दिने ।

अर्को नम्बरमा लेखिएको छ डोर हाजिरमा कार्यरत ज्यालादारी कर्मचारीहरुमध्ये अत्यावश्यक, बिधुत, खानेपानी, बारुणयन्त्र, एम्बुलेन्स चालकलाई अर्को ब्यवस्था नभएसम्म यतावत काम गर्न लगाउने र अन्य कर्मचारीहरुलाई आवश्यक परेपछि बिज्ञापन गरी खुला प्रतिस्प्रधाबाट छनौट नहोउन्जेलसम्म हाजिर नगराउने ।

अर्को निर्देशन लेखेर पठाएको छ, वडा कार्यालय र स्वास्थ्य केन्द्र खोल्न बन्द गर्न कठिनाई भए बिज्ञापन गरी पदपुर्ती नहोउन्जेलसम्म वडा कार्यालयले एक÷एक जना श्रेणी बिहिन कर्मचारीको दैनिक ज्यालादरमा बैकल्पिक ब्यवस्था मिलाउन वडा कार्यालयलाई अनुरोध गर्ने र यसरी ब्यवस्था गरिएका कर्मचारीको बिवरण यस कार्यालयमा पठाउने ।

ठिक उप महानगरपालिकाको निर्देशन अनुसार ज्यालादारीमा रहेका श्रेणी बिहिन कर्मचारीहरुलाई साउन १ गतेदेखी हाजिर लगाउन दिएन । र वडा कार्यालय खोल्न बन्द गर्न आवश्यक पर्ने एक जना कर्मचारी वडाले ज्यालादारीमा भर्ना ग¥यो ।

त्यसपछि अर्को पत्र २०८९ साउन ९ गते वडा नम्बर १० को कार्यालयलाई काटेको छ । यसमा भनिएको छ, २०७९ असार २७ गतेको निर्णय अनुसार त्यस वडा कार्यालयलाई अति आवश्यक बाहेक दैनिक ज्यालादार रहेका कर्मचारीलाई साउन १ गतेदेखी हाजिरि लगाउन नदिने र तत्कालका लागी वडा कार्यालय खोल्ने बन्द गर्नका लागी आवश्यक पर्ने कर्मचारी राख्नका लागी सिफारिश गर्ने भनिएकोमा त्यस वडा कार्यालयले बिगत बर्षदेखी काम गरी आएका श्रेणी बिहिन कर्मचारीलाई हटाई नयाँ राख्न पत्राचार गर्नुभएकोमा बिज्ञापन गरी पदपुर्ती नहुन्जेलसम्मका लागी बिगत बर्षदेखी काम गरी आएको कर्मचारीलाई निरन्तरता दिन अनुरोध छ ।

उप महानगरपालिकाको पहिलो पत्र आएपछि पुरानो ज्यालादारीका कर्मचारीलाई साउन १ गतेदेखी हाजिरि लगाउन नदिएको वडा नम्बर १० का अध्यक्ष शिव प्रसाद रानाले बताए । त्यसपछि वडामा खोल्ने, बन्द गर्ने कर्मचारी नभएपछि भर्ना गर्न निर्देशन भए अनुसार एक जना भर्ना गरेको हुँ अध्यक्ष रानाले भने “त्यसपछि ९ गते अर्कै पत्र आयो पुरानैलाई राख्नुस भनेर अब नयाँ भर्ना गरिसके फेरी हटाएर पुरानै कसरी राख्ने समस्या आयो, पुरानैलाई राख्न नसकिएपछि यहाँ बिपक्षी दलका साथीहरुले वडामा ताला लगाउनुभयो, ताला खोलिएपनि सहमती केही हुन सकेको छैन, वडामा आउने सेवाग्राहीले सेवा पाउन सकिरहेका छैनन् ।”

उप महानगरपालिकाका मेयर हमालले गल्ती स्वूकार गरेका छन् । नगरसभाले निर्णय गर्ने बेला वडा कार्यालय तथा स्वास्थ्य केन्द्रमा ढोका बन्द गर्ने र खोल्ने मान्छेपनि चाहिन्छ भन्ने ख्याल गरेनौँ उनले भने “पुरानालाई हाजिर गर्न बन्द गरेपछि वडा कार्यालय खोल्ने तथा बन्द गर्नेपनि मान्छे नभएको पाइयो त्यही भएर पुरानैलाई राख्न निर्देशन दिउका हौँ केही ठाउँमा राखिसकेका कारण बिवाद आएको हो त्यो समाधान हुँदैछ ।”स्टेटसेभन

 

बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.