धनगढी, १५ भाद्र/काँग्रेस केन्द्रीय सदस्य सहितको टोली कार्वाहीमा परेका नेता पुष्करनाथ ओझा संबाद गर्न उनकै निवास पुगेका छन् । काँग्रेस केन्द्रीय सदस्य, प्रदेश कोषाध्यक्ष र जिल्ला सभापति सहितको टोली कार्वाहीमा परेका नेता ओझालाई सहमतिमा आउनका लागि छलफलका लागि उनको निवास पुगेको बताईएको छ ।
कैलाली क्षेत्र नम्बर ५का पुर्व संसद समेत रहेका ओझाले २०७४ सालको निर्वाचनमा कैलाली ५को काँग्रेसबाट उम्मेदबार बनेकी डा. आरजु राणा देउवालाई हराउन लागेको भन्दै काँग्रेसले ओझालाई कार्वाही गरेको थियो । नेता ओझालाई निर्वाचन कांग्रेस उम्मेदवारलाई असहयोग गरेको आरोप लगाउँदै पाँच वर्षका लागि अनुशासनको कारबाही गरिएको थियो । उनको कारबाही अहिलेसम्म फुकुवा भएको छैन ।
अहिले फेरी २०७९ सालको निर्वाचन डा. आरजु रणा देउवा कैलाली ५मा काँग्रेसबाट प्रतिनिधी सभाको उम्मेदबार बन्ने भएपछि ओझालाई सहमतिमा ल्याउन काँग्रेसको टोली उनको निवास पुगि छलफल गरेको छ । छलफलका लागि धनगढी उपमहानगरपालिकाका निवर्तमान मेयर समेत रहेका केन्द्रीय सदस्य नृपबहादुर वड, कैलाली जिल्ला सभापति नारायणदत्त भट्ट, प्रदेश राज्यमन्त्री टेकबहादुर रैका, प्रदेश कोषाध्यक्ष उत्तमबहादुर कठायत, पुर्व उपभापति प्रकाशबहादुर बम, गोदावरी नगरपालिका मेयर वीरेन्द्र भट्ट, जिल्ला सचिव नृपबहादुर सुनार सहितका नेताहरू ओझाको धनगढी–४ स्थित निवासमा पुगेका थिए ।
मंसिर ४ गते हुने निर्वाचनमा कैलाली–५ बाट पुनः डाक्टर आरजू लड्ने बलियो सम्भावनाबीच बुधबार संस्थापन पक्षका नेताहरू ओझालाई भेट्न उनकै निवासमा पुग्नुलाई कैलालीको राजनीतिकमा चर्चाको बिषय बनेको छ । काँग्रेसले कार्वाही गरेका नेतालाई यसरी भट्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।काँग्रेसका नेताहरु संग भेटका क्रममा आफु स्वतन्त्र भएपनि निर्वाचन लड्ने अडानमा रहेको पुष्करनाथ ओझा रहेका छन् । ओझाले सबै संग खुलेर कुरा गरेपनि निर्वाचनका सन्दर्भमा भने उनको अडान यथावत नै रहेको बताईएको छ ।
‘यो बिषयमा पार्टी सभापति शेरबहादुर देउवा बाहेक अरु संग कुरा गर्दैन’ छलफलमा भएका एक नेताले बाह्रखरी संग भने–‘ पुष्कर जीको अडान कायमै छ, जे कुरा वा सहमति गर्नुछ भने सभापति जी संगै कुरा गर्छु’ ओझाले भनेका छन् । कांग्रेस केन्द्रीय कार्यालयले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाइ बिहीबार सम्म आकांक्षी उम्मेदवारहरूको नाम संकलन गरी जिल्ला कार्यसमितिलाई सिफारिस गर्न निर्देशन दिइसकेको छ । यसै समयमा काँग्रेस नेताले ओझा संग भेट गर्नुलाई निकै अर्थपुर्ण तरिकाले हेरिएको छ ।
