पोखरा, १५ भदौ । कांग्रेस महामन्त्री गगन थापाले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्न वारिसमार्फत पार्टीमा निवेदन दिएका छन्।
उनले कांग्रेसको कास्कीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ समितिमा मनोनयनका लागि बुधबार दरखास्त हालेका हुन्।
उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने चर्चाबीच कास्कीमा पनि मनोनयन दर्ता गरेका हुन्। मनोनयनका लागि वारेस बनेका छन्, भानुभक्त ढकाल।
