काठमाडौँ, १५ भदौ । नाबालिग गायिकालाई बलात्कार अभियोगमा कारागारमा रहेका नायक पलह शाहविरुद्धको मुद्दाको पेशी तनहुँ जिल्ला अदालतमा बुधबारका लागि तोकिएको छ।
शाहविरुद्ध बलात्कार मुद्दाको पेशी जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासमा तोकिएको हो।शाहविरुद्धको मुद्दाको अन्तिम फैसलाका लागि तनहुँ अदालतमा बुधबारदेदि सुनुवाइ सुरु हुनेछ।
उता नवलपुर अदालतमा भने ८ गतेका लागि तोकिएको पेशी स्थगित गरेर आगामी भदौ २१ सम्मलाई सारिएको छ।जिल्ला अदालतले मुद्दाको अन्तिम किनारा लगाउने क्रममा पललाई थुनामै राख्ने या रिहा गर्ने गरी फैसला सुनाउन सक्नेछ।