रौतहट, १४ भदौ । रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ ।गरुडा नगरपालिका–३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ बर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेशकुमार सिंहले जानकारी दिए ।
मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको उनको भनाइ छ । सँगै रहेकी ४० वर्षीया सैलिदेवी सामान्य घाइते तथा एकदर्जन बढी महिला चट्याङ बाट प्रभावित भएको प्रहरीले जनाएको छ ।