काठमाडौं, ९ भदौ । सत्तारूढ दलका शीर्ष नेताहरूको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।
आगामी संसदीय निर्वाचनको सिट बाँटफाँटको विषयमा सत्तारूढ दलहरूबीच सहमति जुट्न सकेको छैन ।बैठकमा अहिले निर्वाचन र समसामयिक विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।