• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

पित्तथैलीको शल्यक्रिया गर्दा बिरामीको दाँत भाँचिए पछि…

काठमाडौं,५ भदौं । वीर अस्पतालमा पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्न गएकी एक जना महिलाको तीनवटा दाँत भाचिएको विषय सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सक तथा अस्पताल प्रशासनले भने वास्तविकता नबुझी यसलाई ‘इस्यू’ बनाइएको गुनासो गरेका छन् ।

आफन्तहरुले चिकित्सकले उपचारमा लापरवाही गरेको आरोप लगाएका छन् । तर, अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेत चिकित्सकले नै लापरवाही नगरेको र अप्रेशन गर्दा आइपर्ने जोखिम कम गर्न खोज्दा यस्तो घटना भएको बताउँछन् ।

पित्तथैलीमा परेको पत्थरी शल्यक्रिया गरेर निकालिसकेको र अब दाँतको पनि उपचार गरिदिने वीर अस्पताल प्रशासनले जनाएको छ ।
भएको के हो ?

नुवाकोटकी ५० वर्षीया राधिका ओझा गत ३० साउनमा पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्न वीर अस्पतालमा भर्ना भएकी थिइन् ।

चिकित्सकको टोलीले ३१ गते शल्यक्रिया गर्न उनलाई शल्यक्रिया कक्षमा छिराएको थियो । तर, शल्यक्रिया गरेर फर्किंदा ओझाका अघिल्लो पंक्तिका तीनवटा दाँत थिएनन् ।

‘पित्तथैलीको अप्रेसन गर्दा बेहोस बनाउने क्रममा इन्टुबेसन (मुखबाट श्वासनलीमा पाइप राखी भेन्टिलेटरबाट कृत्रिम सास फेराउने प्रक्रिया) गर्नुपर्ने हुन्छ,’ डा. बस्नेतले  भने, ‘त्यसका लागि घाँटीबाट पाइप हाल्नुपर्छ । बिरामीको घाँटीको बनावट असहज भएकाले पाइप हाल्ने क्रममा यस्तो घटना भएको हो ।’

डा. बस्नेतले यो घटनालाई ‘डिफिकल्टी इन्टुबेसन’ भएको बताए । ‘इन्टुबेसन’ गर्नका लागि ‘ल्यारिङोस्कोपी’ गर्नुपर्ने हुन्छ । त्यो छिराउने क्रममा दाँत खुस्किएको रहेछ,’ डा. बस्नेतले थपे ।

‘कहिलेकाहीँ शल्यक्रिया गर्नुपर्ने अन्य बिरामीलाई पनि थप जटिलताबाट जोगाउन खोज्दा यस्ता दुर्घटना हुन्छन् । ल्यारिङोस्कोपी नगरेको भए बिरामीको ज्यान जान सक्थो’ डा. बस्नेतले भने, ‘जुनसुकै काम गर्दा जटिलता आउने अवस्था हुन्छ । यसलाई ठूलो इस्यू बनाएर सर्वसाधारणमा भ्रम छर्ने काम भयो ।’

वीर अस्पताललाई बदनाम गर्न र बिरामीलाई निजीमा लैजान पल्केका केही मान्छेले यो सामान्य घटनालाई अनावश्यक उचालेको डा. बस्नेतको भनाइ छ । ‘बिरामीको ज्यान त गएको छैन नि । अप्रेशन बिग्रिएको छैन नि रु’ डा। बस्नेत प्रश्न गर्छन्, ‘तर, वीरलाई बदनाम गर्न बिरामी पक्षलाई उल्चाने काम भयो ।’

यस विषयमा आइतबार उपचारमा संलग्न चिकित्सकसँग थप छलफल गर्ने डा। बस्नेतले बताए । बिरामीको पत्थरी झिकिसकिएको र अब दाँतको पनि उपचार गरिदिने अस्पताल प्रशासनले जनाएको छ ।अनलाइनखबर

 

आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.