• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

समकक्षी नेताहरुमा प्रधानमन्त्रि देउवा सबैभन्दा बलिया

धनगढी, २० साउन ।सरकारले संघ र प्रदेशको निर्बाचनको मिति घोषणा गरेसंगै पुराना नेताहरुलाई निर्बाचनबाट पाखा लगाउनु पर्ने भन्दै सामाजिक सञ्जालमा पाका नेताहरुका बिरुद्ध अभियान शुरु भएको छ । यो अभियानको तारो प्रधानमन्त्रि शेर बहादुर सहितका सबै दलका पुराना नेताहरु बनेका छन् ।

यद्दपि देउवा चुनाव सहजै जित्ने र समकक्षी नेताहरुका तुलनामा आफ्नो निर्बाचन क्षेत्रमा सबैभन्दा बलिया देखिएका छन् । केहीवर्ष अघि बीबीसीको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको आक्रोशमा परेका गुल्मीका सागर ढकाल देउवासँगै चुनाव लड्ने भन्दै डडेलधुरा हानिएका छन् । उनले आफ्नो एकमात्र उद्देश्य देउवालाई नै हराउने रहेको बताउँदै आएका छन् ।

देउवाले लगातार ६ वटा चुनाव डडेलधुराबाटै जितिसकेका छन् । जस्तोसुकै परिस्थितिमा पनि निर्वाचन जितेका उनको यो शक्तिले उनी पाँच पटक प्रधानमन्त्री पनि भइसके । देउवाका समकक्षी नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका पुरानो पुस्ताका नेताहरुले यसअघि पनि हार व्यहोरी सकेका छन् । यस पटक पनि गठबन्धन बिना उनीहरुको जीत सहज देखिदैन । देउवा भने एक्लै सहजै जित्ने देखिएको छ ।

२०६४ सालको निर्वाचनमा देशैभर तत्कालीन नेकपा माओवादीले जितिरहँदा तमाम शीर्ष नेता हारेका थिए । तर, देउवा डडेलधुरा र तत्कालीन कञ्चनपुर(४ बाटै सहजै निर्वाचन जितेका थिए ।

२०७४ मा नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन ९बामगठबन्धन० को देशैभर जितको लहरमा डडेलधुरामा देउवाको जित ‘अपवाद’ जस्तो देखिएको थियो । देउवाले २८ हजार ४४६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खगराज भट्ट २१ हजार ४९८ मत ल्याएका थिए ।

त्यसअघि सम्पन्न भएको स्थानीय तहको मतपरिणाम हेर्ने हो भने, कांग्रेसले पाएको मतभन्दा बामगठबन्धनका दलहरूले पाएको मतको योगफल १२ हजारभन्दा बढी थियो । यस्तो विकराल अन्तर उल्टाउँदै देउवाले ६ हजार ९४८ मतान्तरले चुनाव जितेका थिए ।

यसपटकको समीकरणले झन देउवालाई परास्त गर्न सहज छैन । समीकरण जताबाट हेरेपनि उनकै पक्षमा देखिन्छ । कांग्रेसका पूर्वजिल्ला सभापति कर्ण मल्लले विद्रोह गर्दै नेपाली कांग्रेस ९बिपी० मा प्रवेश गरी नेकपा एमालेसँग तालमेल गर्दापनि वैशाख ३० गते सम्पन्न डडेलधुराका ५२ वडामध्ये २९ कांग्रेसले जितेको छ । कांग्रेसबाहेक एमालेले ४ वडा, माओवादी केन्द्रले १३ वडा, स्वतन्त्रले २ वडा, नेकपा एसले २ वडा र कांग्रेस बिपीले २ वडामात्रै जितेका छन् ।

प्राप्त मत परिणाम अनुसार पनि एक्लाएक्लै कांग्रेसको छेउ कोही दल पनि पुग्दैनन् । कांग्रेसका प्रमुखहरूले कुल २२ हजार १३९ मत प्राप्त गर्दा वडाध्यक्षहरूले २१ हजार ७३५ मत पाएका छन् ।

सत्तारूढ गठबन्धनमा रहेको माओवादी केन्द्रले डडेलधुरामा दोस्रो जनमत बटुलेको छ । प्रमुख तथा अध्यक्षको योगफलमा १२ हजार ९१२ मत बटुल्दा वडाध्यक्षमा १२ हजार ८७८ मत उसले बटुलेको छ ।

तेस्रो जनमत एमालेले बटुलेको छ । उसले पालिकाका प्रमुख र अध्यक्षमा ७ हजार ४५० मत बटुल्दा वडाध्यक्षमा वडाध्यक्षमा १० हजार ४४९ मत प्राप्त गरेको छ ।

एमालेबाट विभाजन भएको दल नेकपा एसले पालिका अध्यक्ष र प्रमुखमा ४ हजार ९८२ मत प्राप्त गर्दा वडाध्यक्षहरूमा ५ हजार ४१ मत बटुलेको छ भने, कांग्रेस बिपीले प्रमुख÷अध्यक्षमा ६ हजार ४१६ मत र वडाध्यक्षमा ३ हजार ६०४ मतमात्रै प्राप्त गरेको छ ।

यो समीकरणअनुसार सत्तारूढ गठबन्धन हुँदा, एक्लाएक्लै लड्दा वा आंशिक समीकरण हुँदामात्रै देउवालाई हराउने योजना कुनैपनि हालत सम्भव देखिन्न । तर, सबै शक्ति एकठाउँमा आउनसके मात्र केही समीकरण बन्ने देखिन्छ । त्यो सम्भावना देखिदैन । यस्तो भइहालेपनि विगतमा त्यसलाई उल्टाएर जितेको देउवाको इतिहास छ ।

 

शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.