धनगढी, १९ साउन/सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले बेल्डाडी गाउँपालिकाकाको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरलाई स्वास्थ्य सामाग्री (औषधी रउपकरण) हस्तान्तरण गरेका छन् ।
राज्यमन्त्री रैकाले उक्त सामाग्रीहरु एक कार्यक्रम बिच बेल्डाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथलाई हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा राज्यमन्त्री रैकाले जनताको स्वास्थ्य र शिक्षाको सवाललाई आफूहरुले पहिलो प्राथमिकतामा राखेर परिवर्तन देखिने गरि काम गरिरहेको बताए ।
