काठमाडौँ, १७ साउन । मौसम प्रतिकूल भएपछि पोखरा गन्तव्य भएर हुने सबै उडान रद्द भएका छन्।
बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले मौसम प्रतिकूल भएका कारण आज हुने काठमाडौं–पोखराका सबै उडान रद्द भएको बताए।
केही दिनयता पोखराको मौसम प्रतिकूल बनिरहेको छ। त्यहाँ भारी वर्षात् भइरहेको छ।