काठमाडौं, १७ साउन । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश १, वागमती, गण्डकी, लुम्बिनीका केही र बाँकी प्रदेशका एक(दुई स्थानहरूमा वर्षा भइरहेको छ ।महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
अबको २४ घण्टा देशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित वर्षाको अनुमानसहित बाढी–पहिरोको सम्भावित जोखिमबाट सतर्क रहन महाशाखाको अनुरोध छ ।