काठमाडौँ, १५ साउन । जनार्दन शर्मा पुन:अर्थमन्त्रीमा नियुक्त भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार अर्थमन्त्री नियुक्त गरेको सितल निवासले जनाएको छ।
संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएका जनार्दनले आजबाट पुनः अर्थको जिम्मेवारी समाल्न लागेका हुन्।२९ असार २०७८ मा अर्थमन्त्री बनेका शर्मामाथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो।
देउवा–प्रचण्डको सहमतिमै अर्थमा फर्किन तयार भए जनार्दनत्यसबारे छानबिन गर्न समिति बनेकै दिन २२ असारमा शर्माले पदबाट राजीनामा दिएका थिए।
तर, छानबिन समितिले शर्मालाई लागेको आरोपबाट सफाइ दिएको थियो।जनार्दन शर्मा २५ दिनपछि अर्थमा फर्किँदा के होला परिवर्तनरु १७ दिन लामो छानबिनपछि संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएका जनार्दनले आइतबार पुनः अर्थको जिम्मेवारी सम्हाल्दैछन्।
पुनर्नियुक्तिपछि आइतबार साँझ राष्ट्रपतिको कार्यालय शीतल निवासमा उनको शपथ कार्यक्रम राखिएको छ।