काठमाडौं १४ साउन । नेपालीकांग्रेसकाप्रवक्ता डा. प्रकाशशरण महतले नेपालमाअहिले स्वतन्त्रबन्ने प्रवृत्तिमौलाइरहेको बताएका छन् । तर, मुलुकको दृघकालीन विकासकालागि स्वतन्त्रप्रवृत्ति घातक सावितहुने उनले बताए ।
नेपाल प्रेस युनियन कैलालीशाखाले आजनवौँ महाधिवेशनबाट निर्वाचितकार्यसमितिलाईबधाई ज्ञापन गर्न काठमाडौंमाआयोजना गरेको बधाई तथा सम्मानकार्यक्रममाप्रवक्तामहतले काठमाडौंको मेयरमा स्वतन्त्रउम्मेदवारको सफलतापछि देशैभरि स्वतन्त्रबन्नेप्रवृत्तिमौलाएको बताएकाहुन् ।तर, काठमाडौंकै मेयर बालेन्द्र शाहले पनिअहिले कामगर्न नसकेको कुरा जनताका सामु प्रमाणित हुनथालिसकेको उनको भनाइ छ ।
‘तपाईँहरुले देखिरहनुभएको छ । बोल्न सजिलो हुन्छ, कामगर्न कतिगाहे हुन्छ । मेरै जिल्लामाअहिले कत्रो समस्याभइरहेको छ । यहाँ (काठमाडौं)को मेयरले एक महिनामैफोहोरको समस्या समाधान गरेरदुर्गन्धरहित बनाउँछु भनेर सम्झौतागर्नुभयो । तर अहिले सिसडोलको अवस्था बेहाल छ । त्यहाँबसिसाध्य छैन’, महतले भने ।
उनले झुटा प्रचार गरेर स्वतन्त्रहरुले चुनावजितेको बताए ।‘एकछिन प्रचार गरेर, एकछिन विज्ञापन गरेर आउनेहरुबाट समस्याको समाधाननिस्किँदैन, उनले भने, ‘बोलेर प्रचार गरेजस्तो कामगर्न सजिलो छैन ।’
प्रवक्तामहतले भुपरिवेष्ठित मुलुक नेपालले अन्तराष्ट्रिय सम्बन्धलाई सन्तुलित राख्नकालागिपनिदलीय प्रणालीलाई बलियो पार्नुपर्ने बताए । कांग्रेसकै नेतृत्वमामात्रै नेपालले छिमेकीसहित सबै मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध राख्न सक्ने उनले बताए । यतिहुँदाहुँदै पनिकांग्रेसका केहीकमजोरी नै छैनन् भन्ननमिल्ने उनले बताए । कमजोरीलाई सुधारेर अघि बढ्नुपर्ने उनले भनाइ छ ।
‘हामीमा केहीकमजोरी नै छैनन् भन्ने होइन । तर कमजोरी हुँदाहुँदै पनि देशलाई निकास दिएर विकासको पथमा हिँड्न कांग्रेसको विकल्प छैन । कांग्रेस अब सुधारिएर अघि बढ्दै जनताको समस्या समाधानगर्न लागिपर्छ’, डा. महतले भने ।
उनले राष्ट्रको समृद्धि र स्वतन्त्रतालाई बलियो पार्न नेपालीकांग्रेसको हैसियतबलियो हुनुपर्ने भएकोले आगामीनिर्वाचनमाबढी भन्दा बढी स्थानमाजितहासिलगर्ने गरी तयारीमा जुट्न आह्वानपनि गरे ।
कार्यक्रममा नेपालीकांग्रेसका केन्द्रीय सदस्यरामजनमचौधरीले पार्टीकाभ्रातृ संगठनहरुलाई चलायमानबनाउनुपर्ने बताए । निर्वाचननजिकआइसकेकोले अब सबै पार्टी पंक्तिले कांग्रेसलाई विजयीबनाउनलाग्नुपर्ने उनले बताए । नवौँ महाविधेशनबाट निर्वाचित प्रेस युनियनको नयाँ नेतृत्वले देशभर लोकतन्त्रकापक्षमाजागरण ल्याउनभूमिका खेल्नुपर्ने उनले बताए ।
अर्का केन्द्रीय सदस्य नैनसिंह महरले नेपालको विकासकालागिलोकतन्त्रलाई बलियो पार्न आवश्यक रहेको बताउँदै यसकालागिलागि प्रेस युनियनको भूमिकानिकै महत्वपूर्ण रहने बताए ।
कार्यक्रममाकांग्रेस केन्द्रीय सदस्य नृपबहादुर वडले मुलुककालागिकुनै योगदाननगरेकाहरु अहिले स्वतन्त्रका नामबाट सलबलाउनथालेकोले उनीहरुलाई निस्तेज पार्न जरुरी रहेको बताए ।
उनले लोकतन्त्रकालागिभएको आन्दोलनमाकुनै भूमिकानभएकाहरु अहिले स्वतन्त्रकानाममा राजनीतिगर्न आउनथालेको भन्दै आक्रोश पोखे ।
प्रेस युनियन कैलालीकाअध्यक्षश्रवण देउवाको सभापतित्वमाभएको कार्यक्रमको सञ्चालनशाखाका सचिव सीतारामओझाले गरेकाथिए ।