काठमाडौँ, १४ साउन । अहिले (शनिबार बिहान ६:३० बजे) बागमती, प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार बागमती, प्रदेश १ र कर्णालीको एक दुई ठाउँमा पानी परिरहेको हो भने लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको हो।
आज दिउँसो देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित वर्षा हुने सम्भावाना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए।‘प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने भारी वर्षाको सम्भावना छ’, उनले भने।
काठमाडौं उपत्यकामा बिहानीपख पानी परेको तर अहिले रोकिइसकेको मौसमविद् श्रेष्ठले जानकारी दिए। ‘अब बिस्तारै बादल कम हुँदै जान्छ’, उनले भने, ‘अपराह्न र साँझपख भने काठमाडौंमा पुनः वर्षा हुने देखिन्छ।’