काठमाडौं, १३ साउन । पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी आएको छ ।आज बिहान पोखरा विमानस्थलबाट उडेको केहीबेरमा यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन जहाजमा समस्या आएको हो ।
जहाज उड्दाउड्दै इन्जिनमा समस्या देखिएपछि पाइलटले खबर गरेर सकुशल अवतरण गराइएको गरिएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए।
उनले भने, ‘ जहाज ८ बजेर ५४ मिनेटमा जहाज विमानस्थलबाट टेकअफ भएको थियो। टेकअफ हुँदाहुँदै जहाजको इन्जिनमा समस्या देखिएकोपछि ग्राउण्ड खाली गराएर उडेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइसकेको छ ।’जहाजमा ४५ जना यात्रु थिए ।