काठमाडौँ, ९ साउन । दैलेखमा चट्याङले लाग्दा १६ जना घाइते भएका छन्।जिल्लाको डुङ्गेश्वर गाउँपालिका–२ सेर्माकोट स्थित एक घरमा चट्याङ पर्दा कोदो गोड्न आएका किसानहरू घाइते भएका हुन्।
चट्याङले लाग्दा १२ जना महिला, ३ पुरुष र १ बालिका गरी १६ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्राधिकरणले जनाएको छ।घटनामा गाई र खसीको मृत्यु भएको छ।