धनगढी २९ असार/सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण मल्लको राजीनामा प्रदेश सभाले स्वीकृत गरेको छ । सभामुख अर्जुनबहादुर थापाले उनको राजीमाना स्कीकृत गरेका हुन ।
बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै असार १३ गते पठाएको पत्र प्रदेशसभामा पढेर सुनाउदै उनी पदमुक्त भएको घोषणा गरेका हुन् ।२०७४ सालको निर्वाचनमा डडेल्धुराबाट प्रदेशसभा सदस्य विजयी मल्ललाई २०७९को स्थानीय तहको निर्वाचनमा लागेको भन्दै नेपाली कांग्रेसले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।
पार्टीले कार्वाही गरेपछि उनले प्रदेशसभा सदस्य त्यागेको घोषणा गरेका थिए । गत वैशाखमा पद त्यागेको घोषणा गरेपनि प्रदेशसभाबाट प्रदेशसभा सदस्यको हैसियतमा पाउने सेवासुविधा वापतको रकम भने बुझिरहेका थिए ।