धनगढी, २४ असार/ बाजुराको बुढीङ्गाको मतगणना शुक्रबार (आज) देखी हुनेभएको छ । बैशाख ३० गतेको मतदान बिवाद भएर स्थगित भएको मतदान असार २३ गते (हिजो) भएको थियो ।सबै मतदान केन्द्रबाट नगरपालिको सदरमुकाम मतपेटीका संकलन राती १० बजे सम्म भएको निर्वाचन अधिकृत लक्ष्मण कठायतले जानकारी दिएका छन् ।
राती अबेर सम्म मतपेटीका संकलन भएको उम्मेदबार र राजनीतिक दलका प्रतिनिधीहरु बिच आजबाट गणना गर्ने सहमति भएको थियो । संकलन भएका मतपेटीका वडा नम्बर ५को भानुदय मावि कुलदेवमाण्डौको सभा हलमा कडा सुरक्षका घेरामा राखिएको छ ।
उम्मेदबार कर्मचारी सबै थकानमा भएकोले अर्को दिनबाट मतगणना गर्ने सहमति पछि मतगणना सुरु नभएको निर्वाचन अधिकृत कठायतले बताए । अहिले बिहान ८ बजे मतगणनाका लागि सर्बदलिय बैठक बस्ने तयारी भईरहेको छ । सबैदलिय बैठकले आचारसहिता लगाएतका बिषयमा सहमति पछि मात्रै मतगणना सुरु हुने बताईएको छ ।
बुढीगंगामा वैशाख ३० गते भएको निर्वाचन रद्द भएपछि बिहीबार पुनः मतदान भएको हो । बिहीबार भएको पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको छ । वैशाख ३० गते भएको मतदानमा भने ७५.५८ प्रतिशत मतदान भएको थियो । नगरप्रमुखमा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उमेदवार छन् । कांग्रेसका उमेदवार खातीलाई गठबन्धनको समर्थन छ ।