काठमाडौं । नेकपा एमालेका ३३ मध्ये २७ वटा केन्द्रीय विभाग गठन भएका छन् ।केही विभागले पूर्णता पाएका छन् भने केहीमा सदस्य थप गर्न बाँकी रहेको प्रचार विभागले जनाएको छ ।विभागका प्रमुख, उपप्रमुख तोकिनुका साथै १३ विभागका सचिव हालैको सचिवालय बैठकले मनोनयन गरेको छ ।
३५ सदस्य रहने विभागमा केही सदस्यहरू मनोनयन भइसकेका छन् भने आवश्यकताअनुसार विधान बमोजिम सदस्य मनोनयन गरी विभागलाई पूर्ण बनाउने विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेले काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई समेत केन्द्रीय विभागको सदस्य मनोनयन गरेको छ । डंगोल स्थानीय तह विभाग सदस्य बनेकी हुन् ।