काठमाडौँ, १६ असार । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७९ असार २७ गते (सोमबार) बस्ने भएको छ।सो दिन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
बैठकमा स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा गर्ने एजेण्डा रहेको पौडेलले बताए।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि सूचित गरिएको छ।
