धनगढी ३, असार – प्रधानमन्त्री शेर बहादुर देउवाले डडेल्धुरामा यहि वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गर्ने तयारी भएको बताए। सुदूरपश्चिम विश्व विद्यालयको दिक्षान्त समारोहमा बोल्दै कुलपति समेत रहेका देउवाले उक्त अभिव्यक्ति दिएका हुन् ।
डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन तथा गुरु योजना निर्माण गर्ने कार्य अघि बढाइने छ, ‘प्रधानमन्त्री देउवाले भने । उक्त विश्वविद्यालयलाई मेडिकल कलेज संचालन गर्न आवश्यक बजेट समेत विनियोजन भइसकेको उनले जानकारी दिए ।