काठमाडौँ, ३१ जेठ । अमेरिका सेनाको इन्डो प्यासिफिक कमाण्डका जनरल चार्ल्स ए फ्लिनले नेपालसँगको दशकौँ लामो रक्षा साझेदारीप्रति खुशी ब्यक्त गरेका छन।नेपाल भ्रमण सकेर फर्किएपछि उनले अबका दिनमा नयाँ सहकार्यका लागि अवसरको प्रतिक्षा गरिरहेको पनि बताएका छन्।
अमेरिकी सेनाका कमाण्डिङ जनरल फ्लिनले आफ्नो नेपाल भ्रमणलाई ‘सानदार’ भनेका छन्।उनले भ्रमणका लागि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई धन्यवाद दिएका छन्।
‘म नेपाली सेनाका प्रधानसेनापति जनरल शर्मालाई यस हप्ताको सानदार नेपाल भ्रमणका लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु’, उनले मंगलबार ट्विटरमा भनेका छन्, ‘हामी हाम्रो दशकौँ लामो रक्षा साझेदारीको सम्मान गर्छौं। र, सहयोगका लागि भविष्यको अवसरका लागि प्रतीक्षारत छौँ।’
यस्तो छ ‘अमेरिकी सेना भित्र्याउने’ १० बुँदे प्रस्तावित सम्झौता
अमेरिकी सेनाका वरिष्ठ अधिकारी फ्लिन गत बिहीबारदेखि आइतबारसम्म नेपालमा रहे।भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मासँग भेटी नेपाली सेनासँगको सहकार्य अझ सुदृढ गर्न चाहेको बताएका थिए।
प्रधानमन्त्री देउवा र प्रधानसेनापतिसँगको भेटमा उनले अमेरिकी सेनाले अघि बढाएको रणनीतिक महत्वको स्टेट पार्टनरसीप कार्यक्रम (एसपीपी) मा हस्ताक्षरका लागि पुनः आग्रह गरे।
स्टेट पार्टनरसीप कार्यक्रम अमेरिकाको हिन्द प्रशान्त सैन्य रणनीतिको अंग हो। सैन्य रणनीतिमार्फत चीनलाई काउन्टर गर्न अमेरिकाले हिन्द प्रशान्त रणनीति ल्याएको बताइन्छ।
सैन्य सम्झौता गर्ने अमेरिकी प्रस्तावमा देउवा सकारात्मक, नेपाली सेनाको ‘रिजर्भेसन’
विश्व महाशक्तिको दौडमा रहेको चीन नजिकको नेपाललाई उक्त रणनीतिमा सहभागी गराउन अमेरिकाले नेपाली सेनासँग स्टेट पार्टनरसीप कार्यक्रम अघि बढाउन चाहेको छ।
उक्त कार्यक्रममा नेपाली सेनालाई सामेल गराउन एक समझदारीपत्रमा हस्ताक्षरका लागि अमेरिकी सेनाले सन् २०१५ सेप्टेम्बरमा पहिलोपटक प्रस्ताव गरेको थियो।
अमेरिकी सेनाका वरिष्ठ अधिकारी फ्लिनको नेपाल भ्रमणमा उक्त रणनीतिक महत्वको प्रस्तावबारे छलफल हुँदा प्रधानमन्त्री देउवाले आफू त्यसमा सकारात्मक रहेको बताएका थिए।
सैन्य सम्झौतामा हस्ताक्षर गर्न अमेरिकाको ताकेता, रक्षामन्त्रीलाई पेन्टागनमै निम्तो
स्रोतहरूका नेपाली सेनाका प्रधानसेनापति शर्माले चाहिँ स्टेट पार्टनरसीप कार्यक्रमप्रति आफ्नो रिजर्भेसन देखाएका छन्।
यहीबीच अमेरिकी सेनाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप कार्यक्रमको मस्यौदा मिडियामा सार्वजनिक भएको छ।१० धारा, ६ पृष्ठमा समेटिएको यो मस्यौदा अनुसार नै सम्झौतामा हस्ताक्षर भए अब नेपालको जुनसुकै भागमा अमेरिकी सेना तैनाथ हुन पाउनेछ।
सम्झौतामा अमेरिकाका तर्फबाट त्यहाँको रक्षा मन्त्रालयका अधिकारीले हस्ताक्षर गर्ने प्रस्ताव गरिएको छ। नेपालका तर्फबाट नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई हस्ताक्षर गराउने गरी मस्यौदा तयार पारिएको छ।
तर नेपाली सेनाले अमेरिकी सेनाको उक्त प्रस्तावबारे अहिलेसम्म सार्वजनिक रुपमा केही बताएको छैन।अमेरिकी सेनाका प्रभावशाली कमाण्डर फ्लिनले नेपाली सेनाका बहालवाला तथा पूर्व अधिकारीलाई सम्बोधन गर्ने क्रममा नेपाली सेनालाई ‘रिलायबल ल्याण्ड पावर’ अर्थात विश्वासिलो जमिनी शक्ति भनेका थिए।
फोरा दरबारमा जनरल फ्लिनले भने– इन्डो प्यासिफिक क्षेत्र अमेरिकी सेनाका लागि महत्वपूर्णजनरल फ्लिनले अमेरिकाले हिन्द प्रशान्त क्षेत्रको शान्ति, समृद्धि र स्थिरता चाहेको बताउँदै त्यसका लागि नेपालको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।
त्यही क्रममा उनले नेपाली सेनालाई विश्वकै पुरानोमध्येको सेना रहेको बताएका थिए। नेपाली सेनासँग सहयोग अभिवृद्धि गरी विश्व शान्तिका लागि योगदान गर्न अमेरिकाले चाहेको उनले बताएका थिए।