धनगढी, ३० जेठ/धनगढीमा अनिमियत रुपमा विद्युत कटौती हुन थालेपछि स्थानीयले बिद्युत कार्यालयका प्रमुखकै कार्यकक्षमा धर्ना दिएका छन् । धनगढीमा बिद्युत अनियमितताले हैरानी खेप्दै आएका धनगढी–१२का नागरिक कार्यालय प्रमखकै कक्षमा धर्ना समेत दिएका छन् ।
धनगढीमा बिधुत सेवा अनियमित भैरहेकोले धनगढीबासीले सेवा सहज बनाउन माग गर्दै बिद्युत प्राधिकरणका प्रमुख सुर्यनारायण मण्डाललाई ध्यानकर्षण गराएका हुन् ।
सोमबार दिउँसो धनगढी वडा नम्बर १२को मनकामना युवा क्लवको नेतृत्वमा उनीहरुले नेपाल विद्युत प्रधिकरण धनगढी वितरण केन्द्रको कार्यालय घेराउ गरेको क्लवका अध्यक्ष डबल थापाले जानकारी दिए ।
उनीहरुले पहलमानपुर, पवेरा, हसुलिया ग्रीडको लाइन हटाएर धनगढीबाट लायन जडान गर्नुपर्ने, वडामा चौबिसै घण्टा नो लाइट सेवा उपलब्ध गराउनुपर्ने, वडाभरी आएको भोल्टेजको समस्या समाधान गर्न ट्रान्सफर्मरको व्यवस्था गर्नुपर्ने, पोल र तारको व्यवस्था गर्नुपर्ने र कृषि मिटरको व्यवस्था गर्नुपर्ने माग राखेको वडा नम्बर १२का युवा नेता दिनेश खत्रीले जानकारी दिए ।
स्थानीयले आफ्नो माग यथासिघ्र पुरा नभए अन्य संघर्षका कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन् । बिद्युत बितरण केन्द्रका प्रमुख सुर्यनारायण मण्डालले समस्या समाधन गर्ने प्रतिबद्धता संगै धर्नामा बसेका नागरिक फर्केका छन् ।
