धनगढी, २९ जेठ/नेपाली कांग्रेसका महासमिति सदस्य अरुण चौधरी नेपाली कांग्रेस पार्टी परित्याग गरेका छन् । चौधरी काँग्रेस परित्याग गरेर रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ती प्रबेश गर्ने भएको बताईएको छ ।
चोधरीले आफ्नो फेसबुक वालमा ‘देश विकासमा योगदान पु¥याउने ठूलो अपेक्षा सहित विगत केही वर्षदेखी नेपाली काँग्रेसको राजनीतिमा सक्रिय, तर अहिले आएर त्यो सम्भावना कम देखिन गएकाले आजकै मिति देखि नेपाली काँग्रेसको कुनैपनि पदमा नरहने गरि अलग भएको कुरा सम्पुर्णमा जानकारी गराउदछु’ चाडै नै नयाँ योजना सहित राजनीतिमा सकृय रहनेछु’ लेखेका छन् ।
चौधरीले स्थानीय तहको निर्वाचन, २०७४ मा मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) बाट लम्कीचुहा नगरपालिकाको नगर प्रमुखका उम्मेदवार भई ६ हजार दुई सय २२ मत प्राप्त गर्दै तेस्रोे भएका थिए । ०७४ कै संघीय र प्रदेशको निर्वाचनमा भने नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभाको कैलाली क्षेत्र नं २ को ‘ख’ बाट उम्मेदवार बनेका थिए । ११ हजार दुई सय ३२ मत प्राप्त गरि दोस्रो भएका थिए । अरुण चौधरी २०७९ सालको स्थानीय तह निर्वाचनमा पनि लम्कीचुहा नगरपालिकाको प्रमुखको उम्मेदबारको दाबेदारी समेत प्रस्तुत गरेका थिए ।