काठमाडौं, २७ जेठ । अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चार्ल्स ए. फ्लायनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा देउवा–फ्लायनबीच शिष्टाचार भेट भएको हो ।
भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
फ्लायनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए ।